कसले आयात गर्‍यो विद्युतीय बस?

नेपालमा चीनको बोनलक ब्रान्डको नयाँ विद्युतीय बस भित्रिएको छ। आधिकारिक आयातकर्ता कम्पनी मेघेन्द्र घ्राम प्रालि हो।

हाल पहिलो चरणमा कम्पनीले दुईवटा मोडल, जेएक्सके६५४०आरबीजेएक्सके६४९०आरबी, नेपाल भित्राएको छ।

बोनलक बस कम्पनी २०१० देखि चीनको सीएचटीसी समूहअन्तर्गत सञ्चालनमा छ।

कम्पनीले विश्वभर चीन, युरोप, मध्यपूर्व, अफ्रिका, उत्तर अमेरिका, ल्याटिन अमेरिका र अस्ट्रेलियामा बिक्री तथा सेवा विस्तार गरिसकेको छ। चीनको नानचाङ सहरमा यसको मुख्य कार्यालय रहेको छ।

बोनलक बसको वार्षिक उत्पादन क्षमता ५ हजार बस छ र प्लान्टमा करिब १५ हजार जनाले काम गर्दै आएका छन्।

तर नेपालमा आयात भएका बसको बिक्री मूल्य, सेवा सुविधा वा सर्भिस सेन्टरबारे कुनै जानकारी सार्वजनिक भएको छैन।

नेपालमा विगतमा प्यासेन्जर कार ब्रान्ड बढी आयात भइरहेका थिए भने अहिले कमर्शियल गाडी र विद्युतीय बसका ब्रान्ड बढ्दै गएको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *