सडक खुल्यो, यातायात सुचारु

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्डको साखर क्षेत्रमा भासिएको सडकको परीक्षणका लागि रोकिएका सवारी साधन आज बिहानबाट सञ्चालनमा आएका छन्।

प्राविधिकहरूले पहिरोको एस.आर.टी. (सेस्मिक रेसिस्टिभिटी टेस्ट) गर्नुपर्ने भएपछि राति सवारी आवागमन बन्द गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय तनहुँले राति १२ बजेदेखि २ बजेसम्म सडक बन्द हुने सूचना दिएको थियो, तर केही समय ढिला भइ सवारी साधन रोकिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले आज बिहान करिब ३ बजेबाट सवारी साधन सञ्चालनमा आएको जानकारी दिएको छ। प्राविधिक परीक्षण भने जारी रहनेछ।

सडक भासिएपछि एकतर्फी यातायात भएकाले मुग्लिन–नारायणगढ सडकखण्डमा समेत जाम लागेको थियो। लामो समय जाममा बस्दा चालक र यात्रुहरू हैरान भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *