Skip to content
दक्षिण चीन सागरमा अमेरिकी नौसेनाको एक फाइटर जेट र एक हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन्। घटनामा चालक दलका पाँचै सदस्यहरू सुरक्षित उद्धार भएका छन्।
पहिलो दुर्घटना आइतबार दिउँसो करिब २:४५ बजे एमएच-६० आर सी-हक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा तीन जना चालक दल उद्धार भए।
करिब ३० मिनेटपछि सुपर हर्नेट फाइटर जेट पनि दुर्घटना भएपछि दुबै पाइलट प्यारासुटबाट बाहिर निस्कन सफल भए र सुरक्षित उद्धार गरिएको छ।
अमेरिकी नौसेनाका अनुसार उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था स्थिर छ।
दुर्घटनाका कारणहरूको अनुसन्धान जारी छ र भविष्यमा यस्ता घटनाबाट बच्न सुरक्षा प्रोटोकल अन्तर्गत सबै अपरेसनको समीक्षा गरिने बताइएको छ।
Post Views: 176