हुलाकी सडक अधुरै रह्यो

राप्तीसोनारी गाउँपालिका–३ नारायणपुरदेखि दाङको राजपुरसम्मको सडक खण्ड निर्माण नहुँदा हुलाकी राजमार्ग अधुरो रहेको छ।

यो सडक बनाउन ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। डिपिआर (परियोजना प्रतिवेदन) तयार भइसकेको भए पनि निर्माण सुरु हुन सकेको छैन।

हुलाकी सडक निर्देशनालयका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार स्रोत सुनिश्चित गर्न फाइल पेस भइसकेको छ र छिट्टै बजेट टुंगिएपछि ठेक्का प्रक्रिया सुरु गरिनेछ।

करिब ३५ किलोमिटर लामो यो सडक बनाउन १५ वटा पुल निर्माण गर्नुपर्नेछ र ४ वर्ष लाग्ने अनुमान गरिएको छ।

सडकको आधा हिस्सा जङ्गल क्षेत्र (१८ किमी) भएकाले चुनौतीपूर्ण छ।

तर यो सडक बनेपछि बाँकेको सोनारी क्षेत्र र दाङ जोडिने भएकाले स्थानीय विकास र आवागमनमा ठूलो फाइदा हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *