बीपी राजमार्ग पुनर्निर्माण सुरु

लामो समयदेखि अस्थायी रूपमा चलिरहेको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को स्थायी पुनर्निर्माण कार्य छठ पर्वपछि सुरु हुने भएको छ।

दसैँपछि सुरु गर्ने तयारी भए पनि लगातार वर्षा र बाढी–पहिरोका कारण ढिलाइ भएको सडक विभागले जनाएको छ।

हाल २९.५ किलोमिटर सडकमध्ये तीन खण्डको ठेक्का लगाइसकिएको छ। जाइकाले बर्खेखोला–पिप्ले (३.२२ किमी) सडक पुनर्निर्माण गर्नेछ भने बाँकी खण्डहरूमा निजी कम्पनीहरूले काम पाएका छन्।

कुल ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिइएको छ, जसमा भक्तपुर खण्डका लागि ७ अर्ब ५० करोड र सिन्धुली खण्डका लागि १ अर्ब बराबर बजेट छ।

२०८१ असोजको बाढीले १३ किलोमिटर सडक कटान गरेपछि अस्थायी सडक बनाएर चलाइएको थियो, तर फेरि यो वर्ष पनि क्षति पुगेको छ।

सडक विशेषज्ञ आशिष गजुरेलका अनुसार पुनर्निर्माण अघि स्थायी समाधानका लागि गहिरो अध्ययन आवश्यक छ, किनकि खोलाको बहाव र जमिन प्रयोगकै कारण हरेक वर्ष सडक कटान हुँदै आएको छ।

अध्ययनबिना लगानी गरे फेरि क्षति हुने जोखिम रहेको उनले चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *