चेरीको नयाँ सोलिड ब्याट्री

चिनियाँ अटो कम्पनी चेरीले आफ्नै ब्याट्री उत्पादन सुरु गरेको छ। कम्पनीले अक्टोबर १८ मा चीनको उहुमा आयोजित ‘चेरी ग्लोबल इनोभेसन कन्फ्रेन्स’मा आफ्नो पहिलो सोलिड स्टेट ब्याट्री सार्वजनिक गरेको हो।

यो ब्याट्री चेरीका ओमोडाजेको ब्राण्डका इलेक्ट्रिक गाडीमा प्रयोग हुनेछ। कम्पनीका अनुसार यो ब्याट्रीले एकपटक चार्जमा १३०० किलोमिटरसम्म यात्रा गर्न सक्छ, र परीक्षणमा यसको रेन्ज १५०० किलोमिटर पुगेको छ।

नयाँ ब्याट्रीमा प्रति किलोग्राम ६०० किलोवाट आवर इनर्जी डेन्सीटी रहेको छ — जुन अहिलेको लिथियम ब्याट्रीभन्दा तीन गुणा बढी हो।

यसले धुवाँ वा आगलागीबिनै कठिन परीक्षणहरू सफलतापूर्वक पास गरेको कम्पनीले जनाएको छ।

चेरीले २०२६ देखि परीक्षण उत्पादन र २०२७ बाट व्यावसायिक प्रयोग सुरु गर्ने योजना बनाएको छ।

यसरी कम्पनीले चीनका अग्रणी ब्याट्री निर्माता बीवाइडीसीएटीएलभन्दा अगाडि सोलिड स्टेट ब्याट्री बजारमा ल्याउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *