Skip to content
विद्युतीय सवारीको प्रयोग विश्वभर तीव्र रूपमा बढ्दै छ। प्रदूषणरहित र वातावरणमैत्री भएकाले यसको लोकप्रियता चुलिँदै गएको हो।
तर धेरैलाई चार्जिङका क्रममा हुनसक्ने आगलागी वा ब्याट्री तात्ने जोखिमबारे चिन्ता हुन्छ।
सवारी उत्पादकहरूले ब्याट्री प्रविधि र ब्याट्री म्यानेजमेन्ट सिस्टममा सुधार गर्दै विद्युतीय कारलाई अझ सुरक्षित बनाइरहेका छन्।
प्रयोगकर्ताले पनि चार्ज गर्दा र ब्याट्री जोगाउन केही सावधानी अपनाउनुपर्छ —
-
डेडिकेटेड चार्जिङ स्टेसन प्रयोग गर्ने
घरको सॉकेटमा होइन, चार्जिङका लागि बनाइएको स्टेसनमा मात्र चार्ज गर्नुपर्छ।
-
सफा र भेन्टिलेटेड ठाउँ रोज्ने
कम ज्वलनशील पदार्थ भएको, हावापानी चल्ने ठाउँमा चार्ज गर्दा जोखिम घट्छ।
-
ओभरचार्ज नगर्ने
राति वा लामो समयसम्म चार्जमा राख्दा ब्याट्री बिग्रन सक्छ।
-
चिसो वा ओसिलो अवस्थामा चार्ज नगर्ने
पानी परेको वा ओसिलो ठाउँमा चार्ज गर्दा सर्टसर्किटको खतरा हुन्छ।
ब्याट्रीको आयु बढाउने ५ उपाय
-
तातो वा चिसो अत्यधिक तापक्रमबाट जोगाउने।
धेरै तातो (९५°F) वा धेरै चिसो (२०°F) मा रेन्ज घट्छ र ब्याट्री कमजोर हुन्छ।
-
शान्त गतिमा कार चलाउने।
बढी स्पीडले ब्याट्रीको पावर घटाउँछ।
-
फास्ट चार्जिङ बारम्बार नगर्ने।
यसले ब्याट्रीको क्षमता छिटो घटाउँछ।
-
१००% फुल चार्ज नगर्ने।
७०–८०% मा चार्ज राख्दा ब्याट्री दीर्घायु हुन्छ।
-
कार लामो समय राख्दा ब्याट्रीको अवस्था जाँच्ने।
यी उपाय अपनाउँदा विद्युतीय कार सुरक्षित रहन्छ र ब्याट्रीको आयु पनि लामो हुन्छ।
Post Views: 159