बीवाइडी डल्फिन २०२६ परीक्षणमा

बीवाइडीको लोकप्रिय ह्याचब्याक डल्फिनको २०२६ मोडल अहिले चीनका विभिन्न स्थानमा परीक्षण हुँदैछ। यो नयाँ मोडल रियर ह्वील ड्राइभ (पछाडिबाट चल्ने) प्रणालीमा आउने चर्चा छ।

रिपोर्टअनुसार नयाँ डल्फिनमा पहिलो पटक ‘सेल टु बडी’ प्रविधि प्रयोग हुनेछ, जसले ब्याट्रीलाई कारको संरचनासँगै जोड्छ। पछाडिको सस्पेन्सन पनि परिवर्तन गरेर प्रदर्शन (पर्फमेन्स) सुधारिएको बताइन्छ।

कारमा अगाडि अतिरिक्त सामान राख्न फ्रन्ट फ्रङ्क रहनेछ। नयाँ, शक्तिशाली मोटर र इआरईभी भर्सन ल्याउने तयारी पनि भइरहेको छ। ब्याट्री र रेन्जमा सुधार गरी करिब ५२० किलोमिटर यात्रा गर्न सक्ने अनुमान छ।

डल्फिनमा बीवाइडीको २.० ब्लेड ब्याट्री हुनेछ, जसले चिसो मौसममा पनि राम्रो प्रदर्शन गर्नेछ। ड्यासबोर्ड पुरानै डिजाइनमा भए पनि डिआईलिंक ५.०क्वालकम ८२९५ चिप प्रयोग हुनेछ।

यसमा लेभल–२ एडासभ्वाइस कमाण्ड सिस्टम रहनेछ, जसले ०.८ सेकेन्डमै प्रतिक्रिया दिन सक्छ। साइज पहिलेकै रहन्छ — लम्बाइ ४२८० मिमी, चौडाइ १७७० मिमी, उचाइ १५७० मिमी र ह्वीलबेस २७०० मिमी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *