अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, सौरेखोलामा बुधबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन्।
खर्ज्याङबाट दुर्गाफाँटतर्फ गइरहेको होण्डा साइन (लु ३३ प ६५४४) र विपरीत दिशाबाट आएको यामाहा १५० सीसी (लु ५८ प ७९७८) ठोक्किएका हुन्।
दुर्घटनामा २१ वर्षीय तारा बेलबासे (पाणेनी गाउँपालिका–५) र ३५ वर्षीय सुमन सुनार (छत्रकोट गाउँपालिका–६, गुल्मी)को मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलका पछाडि सवार १८ वर्षीया दिपा कोईराला र ४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्। उनीहरूलाई लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारका लागि पठाइएको छ।
प्रहरीका अनुसार तीव्र गति दुर्घटनाको कारण हुनसक्ने अनुमान गरिएको छ। घटना स्थलमा स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए।