अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा २ को मृत्यु

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, सौरेखोलामा बुधबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्युदुई जना गम्भीर घाइते भएका छन्।

खर्ज्याङबाट दुर्गाफाँटतर्फ गइरहेको होण्डा साइन (लु ३३ प ६५४४) र विपरीत दिशाबाट आएको यामाहा १५० सीसी (लु ५८ प ७९७८) ठोक्किएका हुन्।

दुर्घटनामा २१ वर्षीय तारा बेलबासे (पाणेनी गाउँपालिका–५) र ३५ वर्षीय सुमन सुनार (छत्रकोट गाउँपालिका–६, गुल्मी)को मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलका पछाडि सवार १८ वर्षीया दिपा कोईराला४४ वर्षीय सुरज सुनार गम्भीर घाइते भएका छन्। उनीहरूलाई लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार तीव्र गति दुर्घटनाको कारण हुनसक्ने अनुमान गरिएको छ। घटना स्थलमा स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *