Skip to content
विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको यात्रुबाहक बस धनकुटा नगरपालिका–३ निगालेमा दुर्घटनाग्रस्त हुँदा दुईजनाको मृत्यु भएको छ।
मृतकमा महालक्ष्मी–६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी–९ का ६० वर्षीय डिल्ली बराल रहेका छन्।
दुर्घटनामा ६ जना घाइते भएका छन्, जसमा एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बसमा करिब ३० जना यात्रु सवार थिए। प्रहरीका अनुसार उकालो बाटोमा टायर पड्किएपछि बस सडकमा पल्टिएको हो।
घाइते सबैलाई जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएको छ।
बस चालक कुलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Post Views: 186