Skip to content
संखुवासभाको खाँदबारी–किमाथांका राजमार्ग अन्तर्गत मकालु गाउँपालिका–३ का समाटार र अल्फटे क्षेत्रमा पहिरोका कारण अवरुद्ध सडक तिहारअघि नै खुल्ने भएको छ।
लगातारको वर्षाका कारण करिब डेढ महिनादेखि सिधा यातायात बन्द हुँदा भोटखोला र मकालुका बासिन्दा दु:खमा परेका थिए।
अब वर्षा रोकिएको र मर्मत तीव्र गतिमा भइरहेकोले सडक छिट्टै सञ्चालनमा आउने उत्तरदक्षिण कोशी सडक कार्यालयका प्रमुख रामबहादुर गुरुङले बताएका छन्।
समाटार र अल्फटे क्षेत्रमा जमिन दलदल भएको र माथिबाट लगातार पहिरो खस्ने भएकाले काम कठिन भएको बताइएको छ।
अहिले पानी निकासका लागि पाइप हाल्ने र सडक माथिबाट नयाँ ट्रयाक काट्ने काम भइरहेको छ।
सडक मर्मत भएपछि खाँदबारीदेखि किमाथांका हुँदै भोटखोला सम्म सिधा सवारी सञ्चालन हुने र नयाँ पुल बनेकाले अब आवागमन सहज हुने जनाइएको छ।
Post Views: 157