निसानको नयाँ एसयूभी टेकटन

जापानी कार निर्माता निसानले भारतमा आफ्नो नयाँ सी-सेगमेन्ट एसयूभी ‘टेकटन’को फस्ट लुक सार्वजनिक गरेको छ।

नयाँ मोडल हुन्डाई क्रेटा, किया सेल्टोस र मारुती ग्रान्ड भिटारासँग प्रतिस्पर्धा गर्ने उद्देश्यले ल्याइएको हो।

निसानले टेकटनको एक्स्टेरियर र इन्टेरियर डिजाइनको विवरण सार्वजनिक गरेको छ।

बाहिरी भागमा फ्ल्याट बोनेट, एलईडी हेडलाइट–टेललाइट, फ्लेयर ह्वील आर्क र मल्टी स्पोक अलोय ह्वील प्रयोग गरिएको छ।

भित्री भागमा तीन रंगको ड्यासबोर्ड, टचस्क्रिन इन्फोटेन्मेन्ट, डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामरा र एड्भान्स ड्राइभर असिस्ट सिस्टम (एडीएएस) उपलब्ध हुनेछ।

नयाँ एसयूभी पेट्रोल र हाइब्रिड इन्जिन अप्सनमा मार्च २०२६ देखि भारत र अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने योजना छ।

नेपाली बजारमा टेकटन पायोनियर मोटोकर्प मार्फत उपलब्ध हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *