रोशी खोलाले बीपी मार्ग अवरुद्ध

असोज १८–१९ गतेको भारी वर्षाका कारण रोशी खोलाको बाढीले काभ्रेपलाञ्चोकको बीपी राजमार्गमा क्षति पुर्‍याएपछि पैदल यात्रुका लागि यात्रा अत्यन्तै कठिन बनेको छ।

सडक अवरुद्ध भएपछि स्थानीय र अन्य यात्रुले खोलाको किनार, भिरपाखा र खोलैखोलाबाट हिंड्नुपर्ने बाध्यता आएको छ।

राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्डको करिब २० किलोमिटर पूर्णरूपमा बन्द छ। बढी पहिरोले १७ स्थानमा सडक क्षतिग्रस्त बनाएको छ।

डिभिजन सडक कार्यालयले अस्थायी सडक–डाइभर्सन निर्माण गरेर यातायात पुनःसञ्चालन गर्ने काम सुरु गरेको छ।

स्थानीय अनुसार महिलाहरु, बालबालिका र बृद्धवृद्धाका लागि यात्रा अत्यन्त जोखिमपूर्ण छ।

तीन दिनमा करिब दुई हजार यात्रुले पैदल हिँडेर गन्तव्यमा पुग्नु परेको छ। पुनर्निर्माण र अस्थायी डाइभर्सन निर्माणका लागि रोशी र नमोबुद्धको समन्वय भइरहेको छ।

बीपी राजमार्ग पूर्वी नेपाल जोड्ने मुख्य मार्ग भएकाले दैनिक हजारौँ यातायातका साधन प्रभावित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *