Skip to content
मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा आज बिहान ईभी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते भएका छन्।
सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको ईभी गाडी हेटौँडातर्फ आउँदै गर्दा मोटरसाइकलसँग ठोक्किएको थियो।
ईभीमा सवार १३ जना र मोटरसाइकल चालक घाइते भई सान्बि अस्पतालमा उपचारपछि हेटौँडा पठाइएका छन्।
दुर्घटनाको ठ्याक्कै कारण खुलेको छैन, तर घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक जाँच–अनुसन्धान सुरु गरेको छ।
Post Views: 175