सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहँदा बाँकी भू-भागमा मनसुनी वायुको कमजोर प्रभाव छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा साधारण बदली रहे पनि तराई भू-भागमा आंशिक बदली छ।
कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज बिहानको तथ्याङ्क अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र अन्य सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ।
बाढी पूर्वानुमान महाशाखाले जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुला, रसुवा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, बाँके, रुकुम पश्चिम, बाजुरा र डोटी आसपासका स-साना नदीहरूको बहाव सामान्य वृद्धि हुने र आकस्मिक बाढीको मध्यम जोखिम रहने बताएको छ।