मुग्लिन–नारायणगढ सडक खुला

हालसम्म पटकपटक अवरुद्ध हुने मुग्लिन–नारायणगढ सडक दुइतर्फी रूपमा खुला छ।

भरतपुर सडक डिभिजनले सडकमा अहिले कुनै अवरोध नभएको जानकारी दिएको छ।

यद्यपि केही ठाउँमा ढुंगा खस्ने क्रम जारी रहेकाले यात्रुहरूले सतर्क रहन आग्रह गरिएको छ।

वर्षा रोकिएसँगै मुग्लिन–नागढुंगा सडकखण्डमा पनि यातायात सहज रूपमा सञ्चालन भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *