Skip to content
अविरल वर्षाका कारण देशका धेरै राजमार्ग र सडकखण्ड अझै बन्द छन्।
बीपी राजमार्गको काभ्रे भागमा, रोशी गाउँपालिकास्थित माम्तीखोला, बुलढुंगा र डालावेशी क्षेत्रमा पहिरोले सडक बन्द भएको छ।
कोशी राजमार्गमा सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिकामा पनि पहिरोका कारण सवारीसाधन चल्न सकेका छैनन्।
त्यस्तै, पासाङल्हामु राजमार्गमा रसुवाको घट्टेखोला, बालुवाखानी र तातोपानी क्षेत्रमा सडक अवरुद्ध छ।
नेपाल–चीन जोड्ने रसुवागढी मितेरी पुल असारको बाढीपछि अझै सञ्चालनमा आएको छैन। भने काठमाडौँ उपत्यकाका सडकहरू भने सामान्य रूपमा सञ्चालनमा रहेका छन्।
Post Views: 160