दसैँमा पनि निगम खुला

दसैँको सार्वजनिक बिदामा पनि नेपाल आयल निगमका कार्यालय र डिपो खुला रहने भएका छन्।

पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न १३ वटा डिपो तथा कार्यालय सञ्चालन हुने निगमले जनाएको छ।

यसअन्तर्गत कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रादेशिक कार्यालय र धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ तथा दीपायलका डिपो खुला रहनेछन्।

दसैँमा सवारी प्रयोग बढ्ने भएकाले इन्धन खपत पनि बढी हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *