Skip to content
वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १ सय ७९ वटा चारपांग्रे सवारीसाधन भन्सार जाँचपास नहुँदा यार्डमै थन्किएका छन्।
कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार जाँचचौकीमा ७५ र सुक्खा बन्दरगाहमा १०४ गाडी प्रक्रियामा रहेका छन्।
चाडपर्व लक्षित गरेर आयातकर्ताले जाँचपास प्रक्रिया अघि बढाइरहेका छन् र केही गाडीको प्रक्रिया सुरु भइसकेको छ।
सुक्खा बन्दरगाहमा करिब २० गाडीको जाँचपास पूरा भएको छ भने बाँकी गाडीहरू पनि क्रमशः प्रक्रियामा छन्।
चालु आवको दुई महिनामा वीरगञ्ज नाकाबाट ७ अर्ब १६ लाख मूल्य बराबरका गाडी र पार्टपुर्जा आयात भएका छन्।
यो अघिल्लो वर्षको सोही अवधिभन्दा १ अर्ब ७५ करोड बढी हो। गत वर्ष दुई महिनामा ५ अर्ब २५ करोडको मात्र आयात भएको थियो।
Post Views: 262