किङलङ ईभी भ्यान बम्पर अफर

दशैँ–तिहार लक्षित गर्दै नेपालका लागि किङलङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले ग्राहकका लागि बम्पर अफर सार्वजनिक गरेको छ।

यस योजना अनुसार दशैँ–तिहार अवधिमा किङलङ ईभी भ्यान खरिद गर्ने हरेक ग्राहक लक्की ड्रमा सहभागी हुनेछन्।

अफर अन्तर्गत प्रत्येक महिनाको एकजना विजेताले नयाँ हिरो एक्सट्रिम १६०आर मोटरसाइकल उपहारस्वरूप पाउनेछन्।

यो अफर किङलङ ईभी भ्यानका १४, १५, १६ र १९ सिटर मोडलमा लागु हुनेछ।

असोज ७ देखि कात्तिक ३० सम्म खरिद गर्ने ग्राहकले मात्र यो अवसर पाउने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *