पोखरामा ‘मुभइन’ एप सार्वजनिक

राइड सेयरिङको विरोध गर्दै सडकमा उत्रिएका पोखराका ट्याक्सी व्यवसायीले आफैं अनलाइन एप सुरु गरेका छन्।

‘मुभइन’ नामको एप सोमबार सार्वजनिक गरिएको हो, जसले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउने उद्देश्य राख्छ।

सुरुवातमा एप प्रयोग गर्न चालक र ग्राहक दुवैले कुनै शुल्क तिर्नु पर्ने छैन र विस्तारै सेवा देशभर पु¥याउने योजना रहेको कम्पनीले जनाएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सार्वजनिक कार्यक्रममा प्रदेश सरकारलाई धन्यवाद दिँदै निजी सवारी हटाएर राइड सेयरिङ नियम लागू गर्न माग गरे।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले एपले शहरको ट्याक्सी सेवामा ठूलो सुधार ल्याउने विश्वास व्यक्त गरे।

निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारीले एपले चोकमा भाडा बार्गेनिङ गर्ने प्रवृत्ति अन्त्य गर्ने बताए।

हाल एपमा १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेका छन्, जबकि पोखरामा करिब २ हजार ट्याक्सी सञ्चालनमा छन्।

एपको प्राविधिक विकासमा पोखराका ४५ जनाको टोलीले झण्डै एक वर्ष समय खर्चेको थियो।

कम्पनीका प्रमुख प्रमेश पराजुलीले एप सामाजिक उत्तरदायित्वसहित सार्वजनिक यातायातलाई सहज र प्रविधिमैत्री बनाउने लक्ष्यमा ल्याइएको बताए।

प्रारम्भिक चरणमा कम्पनीले कुनै कमिसन नलिने, चालकले न्यूनतम ५०० रुपैयाँ ब्यालेन्स राख्नुपर्ने तर रकम नकटिने व्यवस्था गरेको छ।

यात्रु र चालकलाई एप प्रयोगबारे सचेत गराउन विशेष अभियान सञ्चालन गरिने बताइएको छ।

जेठमा गण्डकी मन्त्रिपरिषदले राइड सेयरिङ नियम पारित गरेपछि व्यवसायीले कडा विरोध जनाएका थिए र सातासम्म आन्दोलन पनि गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *