दशैँको अवसरमा साझा यातायातले काठमाडौं–नारायणगढ बस सेवा सञ्चालन गरेको छ।
हिजोदेखि कोजाग्रत पूर्णिमासम्मका लागि सेवा उपलब्ध हुने जानकारी साझा यातायातले दिएको छ।
सेवा सुरु गर्ने उद्देश्य यात्रुलाई सहज, सस्तो र भरपर्दो यात्रा उपलब्ध गराउनु हो।
पुल्चोकबाट बस प्रस्थान गरी लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोङ्गबु बसपार्क हुँदै कलंकीबाट नारायणगढ जाने मार्ग तय गरिएको छ।
बस सेवा बिहान सात बजेदेखि शुरू भई हरेक घण्टामा काठमाडौं–नारायणगढका लागि बस प्रस्थान गर्नेछ।
विहान सात, आठ, नौ, १०, ११ र १२ बजे बस प्रस्थान गर्ने व्यवस्था गरिएको छ।
नारायणगढ पुग्दा ती बसहरूले यात्रुहरू लिएर काठमाडौं फर्किनेछन्।
यात्रा गर्न एकतर्फी भाडा ३०० रुपैयाँ लाग्नेछ र अनिवार्य रूपमा टिकट लिनुपर्नेछ।
बसमा सिट बाहेक उभिएर वा मुडामा बसेर यात्रा गर्न पाइने छैन।
टिकट नलिइ यात्रा गर्ने वा टिकट नदिने चालक/परिचालकलाई कारबाही र जागिरबाट हटाउने व्यवस्था गरिएको छ।
Post Views: 182