बफेट बीवाईडीबाट बाहिरिए

अमेरिकी अर्बपति वारेन बफेटको कम्पनी वर्कशायर हाथवेले चिनियाँ विद्युतीय कार कम्पनी बीवाईडीबाट १७ वर्षपछि पूर्ण रूपमा बाहिरिएको छ

बफेटले २००८ मा २३ करोड डलर लगानी गरेर बीवाईडीका सेयर किनेका थिए।

त्यसबेला उनले १०% सेयर पाएका थिए, जसको मूल्य २०२२ सम्ममा ९ अर्ब डलरसम्म पुगेको थियो।

तर, २०२२ देखि क्रमशः सेयर बेच्न सुरु गरी २०२४ को मार्चसम्म सबै बिक्री गरेर हातवे बाहिरिएको रोयटर्सले जनाएको छ।

बाहिरिनुको कारण चीनमा उच्च प्रतिस्पर्धा, बजारको कमजोर वृद्धि, अस्वस्थ्य प्रतिस्पर्धा र बीवाईडीको केही विवादित गतिविधि रहेको बताइएको छ।

बीवाईडी टेस्लाको मुख्य प्रतिस्पर्धी भए पनि अमेरिकी बजारमा प्रवेश नपाएको कारणले पनि बफेट र कम्पनीबीच असहमति भएको विश्लेषण गरिएको छ।

बीवाईडीले भने लगानीकर्ता आउनु–जानु सामान्य प्रक्रिया भएको बताएको छ। नेपालमा समेत बीवाईडीमाथि कर छली र अनियमित आयातको आरोप लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *