सूर्यविनायक–धुलिखेल सडक अनुगमन

ऊर्जा तथा पूर्वाधारमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडकको स्थलगत अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिए।

अनुगमनका क्रममा उनले सचिव, सडक विभाग प्रमुख, आयोजना प्रमुख र निर्माण व्यवसायीसँग छलफल गर्दै चाडपर्वअघि सडकका खाल्डाखुल्डी मर्मत गर्न र यातायात सहज बनाउन निर्देशन दिए।

मन्त्रीले आवश्यक निर्णय तुरुन्त गर्न, जनशक्ति र उपकरण बढाउन तथा चालु आर्थिक वर्षमै सडक विस्तार पूरा गर्न आग्रह गरे।

हाल १५.८ किलोमिटर सडकलाई ६ लेनमा बनाउने काम भइरहेको छ।

सूर्यविनायक–साँगा खण्डमा ३९% र साँगा–धुलिखेल खण्डमा ५१% प्रगति भएको छ। समग्रमा ४५% काम सकिएको छ भने नाली–पर्खाल ८०% बनेको छ।

तर सडक सीमा विवाद, घर टहरा हटाउने समस्या र बजेटको कमीले काम प्रभावित भएको बताइएको छ। यस वर्षका लागि ३ अर्ब चाहिँदा ५० करोड मात्र बजेट उपलब्ध भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *