Skip to content
करिब ४ महिनापछि नेपाल एयरलाइन्सले रारा विमानस्थलमा सोमबारदेखि नियमित उडान सुरु गरेको छ।
वैशाखसम्म हप्तामा तीन दिन उडान चलाए पनि रोकिँदा बिरामी, स्थानीय र पर्यटकलाई ठूलो समस्या भएको थियो।
उडान पुनः सुरु भएपछि स्थानीयले राहत अनुभव गरेका छन्।
नेपालगन्ज उपचारका लागि गएकी सुमित्रा रावलले नियमित उडान भए दुर्गमका जनताले ठूलो सुविधा पाउने बताइन्।
नेपाल एयरलाइन्सका स्टेशन प्रमुख नवीनकुमार विष्टले अतीतमा समस्या भए पनि अब उडानलाई नियमित बनाउन प्रतिबद्धता जनाएका छन्।
हाल रारा विमानस्थलमा समिट, तारा, सीता र नेपाल एयरलाइन्सले सेवा सञ्चालन गरिरहेका छन्।
Post Views: 135