नाडा–प्रधानमन्त्रीबीच अटो छलफल

नाडा अटोमोवाइल एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री शुशिला कार्कीलाई भेटेर अटोमोवाइल व्यवसायमा परेका समस्या र समाधानका उपायबारे छलफल गरेको छ।

छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याललगायत उच्च अधिकारीहरू उपस्थित थिए।

अध्यक्ष चौधरीले नाडा ४९ वर्ष पुरानो संस्था भएको र सातै प्रदेशमा सक्रिय रहेको जानकारी दिँदै सरकारलाई आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताए।

उनले नाडाले पेश गरेका २२ बुँदे सुझावमध्ये केही मात्र कार्यान्वयन भए पनि व्यवसाय गतिशील हुने धारणा राखे।

मुख्यत: बैंक कर्जा सीमा (Loan to Value Ratio) ६०% बाट बढाएर ८०% पुर्‍याउनुपर्ने, प्रदूषण मापदण्ड कार्यान्वयनको असर न्यून पार्नुपर्ने र उद्योग प्रवद्र्धन परिषदमा नाडाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सुझाव राखे।

प्रधानमन्त्री कार्कीले व्यवसायीहरूका माग गम्भीर रूपमा लिने बताउँदै, नेपालमा व्यवसाय गर्नु चुनौतीपूर्ण भए पनि सरकार सदैव व्यवसायीहरूसँगै रहने आश्वासन दिइन्।

उनले ब्याजदरमा सहुलियत, भन्सार शुल्कमा कमी, निजी क्षेत्रलाई प्राथमिकता, उद्योग प्रवर्द्धन तथा आत्मनिर्भरता बढाउने प्रतिबद्धता जनाइन्।

बैठकमा नाडाका सचिव विक्रम सिंहानिया र अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *