जेनजी आन्दोलनका कारण कार्यालय र सवारी साधनमा क्षति पुगेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई सहयोगस्वरूप एमएडब्लू फाउण्डेसनले १० वटा मोटरसाइकल उपलब्ध गराएको छ।
आइतबार आयोजना गरिएको कार्यक्रममा फाउण्डेसनका अध्यक्ष विष्णु कुमार अग्रवालले मोटरसाइकलहरू अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गरेका हुन्।
यस सहयोगले ट्राफिक प्रहरीलाई दैनिक कामकाज र सवारीसाधन व्यवस्थापन सहज बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।