मुग्लिन सडक एकतर्फी खुल्यो

शुक्रबारदेखि पहिरोका कारण अबरुद्ध भएको नारायणघाट–मुग्लिन सडक आइतबार दिउँसो एकतर्फी खुलेको छ।

चितवनको तुइनखोला नजिक करिब ५० घण्टा बन्द रहेको सडक माथिबाट खसेको पहिरो हटाएपछि सञ्चालनमा आएको हो।

सडक डिभिजन कार्यालयका अनुसार सडकलाई दुईतर्फी सञ्चालन गर्न अझै पहिरो पन्छाउने काम भइरहेको छ।

सडक खुल्नासाथ रोकिएका गाडी र यात्रुहरू बिस्तारै आफ्नो गन्तव्यतर्फ लागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *