विश्वप्रसिद्ध अटोमोबाइल निर्माता टिभीएस मोटर कम्पनीले नेपालमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ।
कम्पनीले टिभीएस अपाचे आरटिआर १६० टुभी एफआई र टिभीएस रेडर आईजिओ बजारमा ल्याएको हो।
अपाचे आरटिआर १६० टुभी एफआई बलियो रेसिङ परम्परासहित डिजाइन गरिएको छ।
यसमा डुअल डिस्क ब्रेक, सिंगल च्यानल एबिएस, कनेक्टेड डिजिटल क्लस्टर, एएच एलईडी हेडलाइट र तीन राइड मोडजस्ता सुविधा छन्।
यो मोटरसाइकलले गति, सुरक्षा र रोमाञ्चक अनुभव दिने दाबी गरिएको छ।
यस्तै, युवा र प्रविधिप्रेमीका लागि लक्षित टिभीएस रेडर आईजिओ मा टिईटि डिजिटल क्लस्टर, आईजिओ स्टार्ट–स्टप प्रणाली, स्पोर्टी स्प्लिट सिट र दमदार स्टाइलिङ जस्ता आधुनिक विशेषता छन्।
यसले कम्युटर सेग्मेन्टमा नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।
कम्पनीका बरिष्ठ उपाध्यक्ष राहुल नायकका अनुसार यी मोडलहरूले शैली, प्रविधि र प्रदर्शनलाई उच्च स्तरमा पुर्याउनेछन्।
जगदम्बा मोटर्सका प्रतिनिधिहरूले यी मोटरसाइकल नेपालमा ग्राहकको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गरेका छन्।