चीनको चर्चित इलेक्ट्रिक र हाइब्रिड गाडी निर्माता BYD ले आफ्नो नयाँ मोडल BYD Tang DM-i नेपालमा सार्वजनिक गरेको छ।
यसको बिक्री र वितरणको जिम्मा Greenstone Automotive Inc. ले लिएको छ, जसले All Cars मार्फत ग्राहकलाई सेवा दिनेछ।
“For Drives That Matter” भन्ने नारासहित बजारमा आएको यो हाइब्रिड SUV मा पेट्रोल र इलेक्ट्रिक दुवै पावरट्रेन, ७ सिट क्षमताको लक्जरी डिजाइन, फराकिलो इन्टेरियर, आधुनिक इन्टेरटेनमेन्ट सिस्टम, ड्राइभिङ असिस्टेन्ट, मल्टिपल एयरब्याग, उच्च सुरक्षा र पर्यावरणमैत्री प्रविधि जस्ता विशेषता छन्।
BYD का आधिकारिक विक्रेता Greenstone Automotive Inc. ले देशभर सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स उपलब्धता र ग्राहकमैत्री नीति मार्फत ग्राहकलाई सहज बनाइने कम्पनीको भनाइ छ।
नेपालमा बढ्दो विद्युत तथा हाइब्रिड गाडीप्रतिको आकर्षणबीच BYD Tang DM-i ले SUV बजारमा नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।