कोरला नाकाबाट पहिलो पटक जेइकोका इलेक्ट्रिक गाडी नेपाल भित्रिए, काठमाडौं आउँदै

रसुवा र तातोपानी नाका बाढी र पहिरोका कारण अबरुद्ध भएपछि मुस्ताङको कोरला नाका सोमबारदेखि सञ्चालनमा आएको छ।

यो नाका सञ्चालनमा आएसँगै पहिलो पटक चीनबाट जेइको ब्रान्डका इलेक्ट्रिक गाडी नेपाल भित्रिएका छन्।

नेपालका लागि ओमोडा र जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका अनुसार, कोरला नाकाबाट भित्रिएका जेइको जे५ र जे६ ईभी मुस्ताङबाट प्रस्थान गरिसकेका छन् र आगामी दुई दिनभित्र काठमाडौं पुग्नेछन्।

यसअघि जेइको जे६ नेपाली बजारमा उपलब्ध थियो भने जेइको जे५ पहिलो पटक केही समयअघि सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक गरिएको थियो।

दशैं–तिहार विशेष अफर
दशैं र तिहारलाई लक्षित गर्दै एसपीजी अटोमोबाइल्सले ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ नामक अभियान सुरु गरेको छ।

यस अभियानअन्तर्गत दुवै गाडीमा विशेष छुटको व्यवस्था गरिएको छ:

अफरमा समावेश सुविधा:

  • एक्सचेञ्ज बोनस

  • ७ किलोवाट क्षमताको वाल चार्जर

  • १ वर्षको निःशुल्क इन्स्योरेन्स

यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ र कम्पनीका शर्त तथा नियम लागू हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *