सुजुकीमा दशैं अफर

‘दशैंको उत्सव, सुजुकीसँगै मिलन र प्रगतिको सुनौलो यात्रा’ भन्ने नारासहित भीजी अटोमोबाइल्सले सुजुकी मोटरसाइकल र स्कुटरमा विशेष अफर ल्याएको छ।

ग्राहकले ५० हजार रुपैयाँसम्मको नगद छुट र विशेष एक्सचेन्ज बोनस पाउनेछन्। एभेनिस स्कुटरमा १० हजारसम्म, जिक्सर मोटरसाइकलमा ७ हजारसम्म एक्सचेन्ज बोनस उपलब्ध हुनेछ।

कम्पनीले शून्य प्रतिशत सर्भिस चार्जसहित सजिलो किस्ता सुविधा पनि दिएको छ। साथै इच्छुक ग्राहकले नजिकैको सुजुकी शोरुममा गएर सजिलै टेस्ट राइड लिन सक्नेछन्।

यो अफर सीमित अवधिसम्म मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *