कालीगण्डकी करिडोर ८०% पूरा

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुंगा खण्डमा ८० प्रतिशत भौतिक काम सम्पन्न भएको छ।

आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत पर्ने २९३ किलोमिटर सडकमध्ये २३४ किलोमिटर कालोपत्र भइसकेको छ भने ३६ वटा पुल निर्माणसम्पन्न छन्। थप छ वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ।

यो सडक योजना बागलुङ, गुल्मी, पाल्पा, नवलपुर, स्याङ्जा र पर्वत जिल्लामा फैलिएको छ।

हालसम्म ८० प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ।

आयोजना सुरु भएको २०६६/६७ सालमा र २०८३/८४ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

हालसम्म १४ अर्ब ७ करोड रुपैयाँ खर्च भइसकेको छ र १४५ किलोमिटर सडक सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ।

बाँकी काममा पहिरो व्यवस्थापन, ०.४२ किलोमिटर सडक ठेक्का र १७ वटा पुल निर्माण बाँकी छ।

करिडोरको वितरण:

  • नवलपुर: ७७.९७ किमी

  • पाल्पा: ८६.२७ किमी

  • गुल्मी: ४१.०६ किमी

  • बागलुङ: ३४.७० किमी

  • स्याङ्जा: १० किमी

  • पर्वत: ४३ किमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *