जलेका गाडी हटाउन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना, यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा जलेका गाडी सिंहदरबार परिसरबाट हटाउन निर्देशन दिएका छन्।

उनका अनुसार जलेका गाडीले सिंहदरबार वरिपरि कुरुप देखाएकाले ती गाडी अन्यत्र लगेर व्यवस्थापन गर्नुपर्ने भएको छ।

त्यस्तै, शहरी विकास मन्त्रालयले आन्दोलनका कारण आफ्ना संरचनामा पुगेको क्षति पत्ता लगाउन कार्यदल बनाएर काम सुरु गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *