डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा आयोजित विशेष कार्यक्रममा आफ्ना नौवटा नयाँ मोडेल सार्वजनिक गरेको छ। कार्यक्रम “East Wind Infinite World” भन्ने थिममा इजिप्ट इन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको हो।
नयाँ मोडेलमा कम्प्याक्ट एसयूभी, सेडानसँगै अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडीहरू समावेश छन्। प्रस्तुत गाडीहरूमा MAGE ICE, SHINE ICE, DONGFENG BOX, DONGFENG 007, MAGE EV, VOYAH FREE, VOYAH DREAM, VOYAH PASSION र MHERO 917 रहेका छन्।
कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी र अटोमोबाइलप्रेमीहरूको ठूलो सहभागिता थियो। सहभागीहरूले नयाँ डिजाइन नजिकैबाट हेर्ने, प्रविधि बुझ्ने र गाडी अनुभव गर्ने अवसर पाए।
यस लन्चपछि डोङफेङ मोटरले औपचारिक रूपमा इजिप्टको बजारमा प्रवेश गरेको छ। कम्पनीले परम्परागतदेखि नयाँ ऊर्जा (इलेक्ट्रिक/हाइब्रिड) गाडीसमेत प्रस्तुत गर्दै ग्राहकको आवश्यकता पूरा गर्ने र अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ।