सुशीला कार्की सरकार प्रमुख?

“जेनजी” नामक युवा अभियानले मुलुकको नेतृत्व गर्न नयाँ विकल्पको आवश्यक्ता महसुस गर्दै आएको छ।

उनीहरूले उक्त नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गर्ने निर्णय गरेका छन्।

यो प्रस्ताव अन्तरिम सरकारको लागि हो, जसले निर्वाचनसम्म देशको शासन सञ्चालन गर्नेछ।

कार्की प्रस्तावमा सहमत देखिइन् भन्ने भर्चुअल बैठकमा भनिएको भए पनि औपचारिक रुपमा उनसे कुराकानी भइसकेको छैन।

जेनजीका अगुवाहरूले राजनीतिक दलहरूले यसअघि विखण्डित नेतृत्व र जनताको विश्वास गुमाएको अवस्था उत्पन्न गरेको तर्क गर्छन्।

न्यायपालिकामा इमानदार परिचय बनेकी कार्कीलाई निष्पक्ष रुपमा सरकार सञ्चालन गर्न सक्षम पात्रको रुपमा देखिएको बताए।

अब यो प्रस्ताव कसरी संस्थागत रूपमा अघि बढ्नेछ भन्ने कुरा राष्ट्रपतिको भूमिका तथा अन्य राजनीतिक वार्तालापहरुमा निर्भर रहने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *