विमानस्थलमा उडान अस्थायी अवरोध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान अस्थायी रूपमा रोकिएको छ।

जेन–जी प्रदर्शनका कारण मंगलबार दिउँसो २:३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो।

आन्तरिक उडान गर्ने प्रमुख कम्पनी बुद्ध एयरले यात्रुहरूलाई जानकारी दिँदै, असुविधाप्रति माफी मागेको छ र टिकटधारकको पैसा फिर्ता हुने जनाइएको छ।

वायुसेवा सञ्चालक सङ्घले आम जनतालाई सेवा दिने प्रतिबद्धता दोहोर्याउँदै, प्रदर्शनका क्रममा भएको दुर्भाग्यपूर्ण घटनाप्रति दुःख व्यक्त गरेको छ।

साथै घाइतेहरूको छिटो स्वास्थ्य लाभको कामना गरेको छ।

सङ्घले हेलिकप्टर उडानमा कुनै राजनीतिज्ञ वा मन्त्रीलाई विशेष सेवा नदिएको स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *