विश्वको तेस्रो ठूलो अटो बजार भारतमा भियतनामी विद्युतीय सवारी उत्पादक भिनफास्टले औपचारिक प्रवेश गरेको छ।
हालै बामे सर्दै गरेको भारतीय ईभी क्षेत्रमा ठूलो लगानी गर्दै कम्पनीले पहिलो चरणमा भीएफ सिक्स र भीएफ सेभेन मोडल सार्वजनिक गरेको हो।
भारतमा विद्युतीय सवारीको रिटेल बिक्री गत वर्षको तुलनामा ९३% बढेको छ र टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, एमजी, कियाजस्ता कम्पनीबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।
टेस्लाले पनि गत महिना भारत प्रवेश गरिसकेको छ।
भिनफास्टले तामिलनाडूमा कार प्लान्ट बनाउन सुरुवाती ५० करोड डलर, कुल २ अर्ब डलर लगानी गर्ने योजना छ।
२०२५ भित्र उत्पादन सुरु गरेर वार्षिक १.५ लाख ईभी निर्माण गर्ने लक्ष्य लिएको छ।
भिनफास्ट एसियाका सीईओले ५–१० वर्षभित्र भारतको प्रमुख ईभी प्लेयर बन्ने र ठूलो रोजगारी सिर्जना गर्ने दाबी गरेका छन्।
कम्पनी अमेरिकामा पनि ४ अर्ब डलरको प्लान्ट सञ्चालन गर्दैछ।
नेपालका लागि एडभान्स्ड अटोमोबाइल भिनफास्टको आधिकारिक वितरक बनिसकेको छ।
भारतमा उत्पादन सुरु भएसँगै २०२५ को अन्त्यतिर भिनफास्टका ईभी नेपाल आउने अपेक्षा गरिएको छ।