भिनफास्ट भारतमा ईभी प्रवेश

विश्वको तेस्रो ठूलो अटो बजार भारतमा भियतनामी विद्युतीय सवारी उत्पादक भिनफास्टले औपचारिक प्रवेश गरेको छ।

हालै बामे सर्दै गरेको भारतीय ईभी क्षेत्रमा ठूलो लगानी गर्दै कम्पनीले पहिलो चरणमा भीएफ सिक्सभीएफ सेभेन मोडल सार्वजनिक गरेको हो।

भारतमा विद्युतीय सवारीको रिटेल बिक्री गत वर्षको तुलनामा ९३% बढेको छ र टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, एमजी, कियाजस्ता कम्पनीबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ।

टेस्लाले पनि गत महिना भारत प्रवेश गरिसकेको छ।

भिनफास्टले तामिलनाडूमा कार प्लान्ट बनाउन सुरुवाती ५० करोड डलर, कुल २ अर्ब डलर लगानी गर्ने योजना छ।

२०२५ भित्र उत्पादन सुरु गरेर वार्षिक १.५ लाख ईभी निर्माण गर्ने लक्ष्य लिएको छ।

भिनफास्ट एसियाका सीईओले ५–१० वर्षभित्र भारतको प्रमुख ईभी प्लेयर बन्ने र ठूलो रोजगारी सिर्जना गर्ने दाबी गरेका छन्।

कम्पनी अमेरिकामा पनि ४ अर्ब डलरको प्लान्ट सञ्चालन गर्दैछ।

नेपालका लागि एडभान्स्ड अटोमोबाइल भिनफास्टको आधिकारिक वितरक बनिसकेको छ।

भारतमा उत्पादन सुरु भएसँगै २०२५ को अन्त्यतिर भिनफास्टका ईभी नेपाल आउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *