दशैं–तिहारको अवसरमा ओमोडा एण्ड जेकेका विद्युतीय सवारी साधनमा आकर्षक छुट घोषणा गरिएको छ।
नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ल्याएको ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अफरअन्तर्गत अधिकतम ७ लाख रुपैयाँसम्म छुट पाउन सकिने भएको छ।
कम्पनीका अनुसार छुट अफर जेको जे फाइभ, जे सिक्स र ओमोडा ई फाइभमा लागू हुनेछ। जेको जे फाइभ र जे सिक्स खरिदमा ४ लाख रुपैयाँ नगद छुट दिइनेछ।
यसअघि ६० लाख ९९ हजार रुपैयाँ पर्ने जेको जे फाइभ अब ५६ लाख ९९ हजार रुपैयाँमै उपलब्ध हुनेछ।
त्यस्तै, ६९ लाख ९९ हजार पर्ने जेको जे सिक्स ६५ लाख ९९ हजारमा बिक्री गरिनेछ।
ओमोडा ई फाइभमा भने ७ लाख नगद छुट दिइँदैछ।
६१ लाख ९९ हजार पर्ने यो गाडी अफरमा ५४ लाख ९९ हजार रुपैयाँमै पाउन सकिनेछ। अफरमा एक्सचेञ्ज बोनस, ७ किलोवाट वाल चार्जर र १ वर्षको इन्स्योरेन्स निःशुल्क पाइनेछ।
अफर सीमित अवधिसम्म लागू हुनेछ।
जेको जे फाइभमा १५५ किलोवाट मोटर, ५८.९ किलोवाट–घण्टा ब्याट्री र ४०२ किमि रेन्ज छ। जे सिक्समा १३५ किलोवाट मोटर, ६५.६९ किलोवाट–घण्टा ब्याट्री र ४०० किमि रेन्ज पाउने कम्पनीले जनाएको छ।
ओमोडा ई फाइभ पूर्णतया इलेक्ट्रिक एसयूभी हो, ९९ किलोवाट मोटर, ६१ किलोवाट–घण्टा ब्याट्री र ४३० किमि रेन्ज उपलब्ध गराउँछ।