काठमाडौंको हात्तीसारस्थित जय नेपाल सिनेमामा यामाहा रेसिङको ‘ब्लु फेस्ट’ अभियान सुरु भएको छ।
‘Exchange, Finance & Experience’ नारासहित आइतबारदेखि सुरु भएको यस कार्यक्रममा ग्राहकले पुरानो बाइक सजिलै साटेर नयाँ यामाहा बाइक खरिद गर्न सक्नेछन्।
अभियान अन्तर्गत यामाहा बाइकको न्यूनतम मूल्याङ्कन ५० हजार रुपैयाँ, अन्य ब्रान्डका बाइकको न्यूनतम मूल्याङ्कन २५ हजार रुपैयाँ हुने व्यवस्था गरिएको छ।
अन्य ब्रान्ड एक्सचेन्ज गर्न चाहनेले कर क्लियरेन्स अनिवार्य गर्नु पर्नेछ। थप मूल्याङ्कनमा १० हजार रुपैयाँ अतिरिक्त सुविधा उपलब्ध हुनेछ।
कार्यक्रममा जुनसुकै ब्रान्ड वा मोडेलको बाइक एक्सचेन्ज गर्न सकिन्छ। निःशुल्क हेलमेट, ७.९९% ब्याजदरमा फाइनान्स, र राइड द ब्लु रोडिज अभियानमार्फत १० हजार नगद छुटको सुविधा छ।
यामाहाले ७० वर्षको सफल यात्राको उत्सवस्वरूप यो कार्यक्रम ल्याएको जनाएको छ। एक्सचेन्ज महोत्सव भाद्र २२ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।