गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक नेपाल ल्युब आयल लिमिटेडले पोखरामा वार्षिक पार्टनर मिट आयोजना गरेको छ।
कार्यक्रममा प्रशिक्षण सत्र, गत वर्षको समीक्षा र आगामी रणनीतिक रोडम्याप प्रस्तुत गरिएको थियो। विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने पार्टनरहरूलाई सम्मान पनि गरिएको थियो।
‘Redefine Your Limits’ नारासहितको यस मिटमा देशभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर, सञ्चालक समिति सदस्य र अन्य प्रतिनिधिहरू सहभागी थिए।
त्यसै अवसरमा, नेपालकी राष्ट्रिय महिला यू–१९ क्रिकेट टोलीकी उप–कप्तान पूजा महतोलाई गल्फको आधिकारिक ब्राण्ड एम्बेसडर नियुक्त गरिएको छ।
महतो हालैको आईसीसी यू–१९ महिला विश्वकप २०२५ को ‘Best XII’ मा चयन भएकी थिइन्।
महतोले यस सहकार्यले भविष्यमा अन्य महिला क्रिकेटरहरूलाई पनि अवसर मिल्ने प्रेरणा दिने बताइन्।
कम्पनीका प्रबन्ध निर्देशक करण चौधरीले गुणस्तर, पहुँच र पार्टनरको दीगो विकासमा ध्यान दिँदै गल्फ व्यवसायलाई अझ गतिशील बनाइरहेको जानकारी दिए।
अध्यक्ष अरुणकुमार चौधरीले महतोको मेहनत र उपलब्धिलाई समाजिक प्रतिबन्धका बाबजुद उच्च मान्यता दिएको बताए।