ग्लोबल आइएमईलाई बेस्ट बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत नेपालकै बेस्ट बैंक अवार्ड पाएको छ।

मंगलबार सिंगापुरमा भएको कार्यक्रममा युरो मनी म्यागजिनका प्रतिनिधिले बैंकका सञ्चालक समितिका सदस्य रामबहादुर भण्डारी र ट्रेजरी विभागका म्यानेजर शिशिर शाक्यलाई अवार्ड प्रदान गरे।

सन् १९९२ देखि दिइँदै आएको यो अवार्ड बैंकिङ क्षेत्रमा प्रतिष्ठित मानिन्छ।

सेवा गुणस्तर, वित्तीय अवस्था, सामाजिक उत्तरदायित्व, नवीन प्रविधि, वातावरणीय तथा सुशासन क्षेत्रको लगानी र उत्कृष्ट कार्यसम्पादनका आधारमा ग्लोबल आइएमई बैंकलाई सम्मान गरिएको हो।

युरो मनी म्यागजिन बैंक तथा वित्तीय क्षेत्रमा गहिरो विश्लेषणका लागि परिचित छ।

यस अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रो पटक बेस्ट बैंक अवार्डले सम्मानित भएको हो।

यसअघि २०२२ र २०२४ मा पनि यही अवार्ड पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *