नम्बर प्लेट नेपालीमै

भाषा आयोगले सवारी साधनमा जडान हुने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्न सरकारसँग माग गरेको छ।

आयोगले सरकारी कामकाजको भाषा नेपाली भएकाले सवारी साधनमा पनि देवनागरी लिपिमा नम्बर उल्लेख हुनुपर्ने बताएको हो।

नेपालको संविधानको धारा ७ ले सरकारी कामकाजको भाषा नेपाली नै हुने प्रष्ट पारेको छ।

अंग्रेजी भाषामा नम्बर प्लेट राख्ने प्रथाप्रति आपत्ति जनाउँदै आयोगले गत भदौ १ को निर्णयअनुसार नेपाल सरकारलाई पुनः ध्यानाकर्षण गराएको हो।

सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको फैसलाले समेत सरकारी कार्य नेपाली भाषामै हुनुपर्ने र भाषा सम्बन्धी निर्णय आयोगको सिफारिसमा सरकारले गर्नुपर्ने स्पष्ट पारेको आयोगको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *