Skip to content
सांग्रिला मोटर्स प्रालिले काठमाडौं उत्तरढोकास्थित शोरुममा ‘ह्वील्स अफ सेलिब्रेसन्स’ कार्यक्रम सुरु गरेको छ।
भदौ २२ गतेसम्म चल्ने यस कार्यक्रममा गाडीप्रेमीले लिपमोटर, सिट्रोन र पूजोका नयाँ मोडल टेस्ट ड्राइभ गर्न सक्नेछन्।
प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार दिइनेछ र पुराना सवारी तत्काल मूल्याङ्कन वा एक्सचेन्ज गर्ने सुविधा पनि उपलब्ध छ।
कार्यक्रममा रमाइलो खेल, बालबालिकाका लागि किड्स जोन जस्ता गतिविधि राखिएको छ, जसले परिवारसहित सहभागी हुन उपयुक्त बनाएको छ।
कार्यक्रममा गाडी बुक गर्ने ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा निःशुल्क १ रात २ दिनको बसाइ उपहारस्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ।
Post Views: 134