नाडा भ्रामक समाचार खण्डन

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भ्रामक समाचार र गलत व्याख्याप्रति आफ्नो गम्भीर आपत्ति जनाएको छ।

संस्थाले सधैं कानुन, विधान र प्रक्रियाअनुसार मात्र काम गर्दै आएको स्पष्ट पार्दै, केन्द्रीय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका बैठकमा महासंघमा रूपान्तरणका लागि विशेष साधारण सभाबाट म्यान्डेट लिन निर्णय गरेको छ।

विशेष साधारण सभा सदस्यहरूको मताधिकार सुनिश्चित गर्दै कानुनअनुसार सञ्चालन हुनेछ।

पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने आरोप पूर्ण गलत हुन्।

अध्यक्ष करणकुमार चौधरीले व्यक्तिगत स्वार्थ नराखेको र निर्वाचनसहितको वार्षिक साधारण सभा मार्फत नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नाडा पारदर्शी, निष्पक्ष र सदस्यहरूको सामूहिक निर्णयमा आधारित संस्थागत सुधार र योजनामा केन्द्रित रहनेछ।

सबै सदस्य, व्यवसायी र शुभेच्छुकहरूलाई आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *