नयाँ भर्सनमा एमजी४ ईभी

चिनको चेङ्दु अटो शो २०२५ मा एमजीले आफ्नो लोकप्रिय विद्युतीय ह्याचब्याक एमजी४ को नयाँ भर्सन सार्वजनिक गरेको छ।

कम्पनीले यसलाई अझ आकर्षक डिजाइन, आधुनिक प्रविधि र सुधारिएको ब्याट्री क्षमतासहित बजारमा ल्याएको हो।

नयाँ एमजी४ ले प्रयोगकर्तालाई अघिल्ला मोडलको तुलनामा धेरै लामो ड्राइभिङ रेञ्जउच्च दक्षता प्रदान गर्ने बताइएको छ।

यसमा आरामदायी सफरका लागि भित्री भागमा पनि आधुनिक फीचर थपिएका छन्।

एमजी४ सुरुवातदेखि नै विश्व बजारमा धेरै चर्चित ईभी ह्याचब्याक रहँदै आएको छ।

नयाँ भर्सनले भने प्रतिस्पर्धी विद्युतीय कार निर्माताहरुलाई अझै कडा चुनौती दिने अपेक्षा गरिएको छ।

कम्पनीले छिट्टै यो नयाँ भर्सनलाई अन्य मुलुकमा समेत उपलब्ध गराउने योजना बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *