नाडा महासंघ बन्ने तयारी

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई विधान अनुसार महासंघमा रूपान्तरण गर्ने निर्णय भएको छ।

२०८२ भदौ ८ गते भएको नाडाको २१औँ केन्द्रीय कार्यसमितिको बैठकले यस विषयमा विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।

विशेष साधारण सभा २०८२ भदौ २४ गते बिहान ११ बजे, द प्लाजा, झम्सिखेल, ललितपुरमा हुने भएको छ।

महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार सदस्यहरूको निर्णायक भूमिकाका कारण अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

यस निर्णयले सदस्यहरूको लामो समयदेखिको चाहना पूरा गर्ने मात्र नभई नाडालाई राष्ट्रिय स्तरको संस्था बनाएर सदस्यहरूको हकहित सबल रूपमा संरक्षण गर्न मद्दत पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *