सरकारले नागढुंगा–नौबिसे सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि कम्पनी छनोट गर्ने बाटो खोलिदिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक खरिद ऐन र नियमावलीमा देखिएका अवरोध हटाउने आदेश जारी गरेपछि अब टेन्डर प्रक्रिया अघि बढ्न सक्ने भएको हो।
यसअघि कानुनी जटिलताका कारण कम्पनी छनोट प्रक्रिया अड्किएको थियो।
अब आयोजनाले सार्वजनिक खरिद अनुगमन कार्यालयबाट टेन्डर दस्तावेज स्वीकृत गराएर आवश्यक कम्पनी चयन गर्न सक्नेछ।
यो निर्णयसँगै निर्माण अन्तिम चरणमा पुगेको नागढुंगा सुरुङमार्ग छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
यसले काठमाडौं उपत्यकाको पश्चिम प्रवेशद्वारमा पर्ने सडक जाम कम गर्न र यात्रुलाई सहजता दिन ठूलो योगदान गर्ने अनुमान गरिएको छ।